दराज शेक शेक अभियान चैत २५ बाट - OpticalKhabar

Breaking

Monday, April 8, 2019

दराज शेक शेक अभियान चैत २५ बाट


दराजले ‘दराज शेक शेक अभियान’ नामक नयाँ योजना ल्याएको छ ।
अभियान अन्तर्गत चैत्र २५ गतेबाट २९ गते सम्म दराजका सामानहरुमा भौचर जिती छुट पाउँन सकिने कम्पनीको भनाइ छ। 
भौचर प्राप्त गर्नका लागि तोकिएको समयमा दराज एपमा लगइन हुनुपर्ने छ। दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने कम्पनीको भनाइ छ।
दराजका अनुसार गेम सेशन ६० मिनेटको हुनेछ। गेम बिहान साढे १० देखि साढे ११ सम्म, साढे ३ देखि साढे ४ सम्म र बेलुका साढे ८ देखि साढे ९ बजे सम्म हुनेछ।
जितेका भौचरहरुको अवधी एप्रीलको १७ तारिख सम्म मात्र हुनेछ।अभियानमा उपभोक्ताहरुले बिदेशी र स्वदेशी टप ब्राण्डका बिभिन्न सामानमा ६० प्रतिशत सम्मको छुट, मेगा भौचरहरु, क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल तथा मिस्ट्री बक्स् प्राप्त गर्न सक्ने जनाएको छ।

No comments:

Post a Comment