पेट्रोलियम पदार्थको मुल्य वृद्धि - OpticalKhabar

Breaking

Thursday, January 2, 2020

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढ्यो

काठमाडौं । पेट्रोलीय पदार्थको स्वचालित मूल्य अनुसार बुधबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।  इन्डियन आयल कर्पोरेसनले १६ डिसेम्बर २०१९ मा पठाएको मूल्य अनुरुप निगमले मिति २०७६/०९/०१ गतेका दिन डिजेल/मट्टितेलको मूल्य समायोजन गरेकोमा हाल १ जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार वृद्धि गरी मूल्य समायोजन गरेको जनाएको छ ।  काठमाडौं उपत्यकामा अब पेट्रोल १ सय ११ रुपैयाँ र डिजेल तथा मट्टितेलको खुद्रा विक्री मूल्य १ सय तोकिएको छ । हवाई इन्धन र एल.पी.ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको व्यहोरा बुधबार  जारी विज्ञप्तिमा जनाइएको छ । 

No comments:

Post a Comment