विश्वकै होचो ब्यक्तिको रेकर्ड राखेका खगेन्द्र थापामगर को निधन - OpticalKhabar

Breaking

Friday, January 17, 2020

विश्वकै होचो ब्यक्तिको रेकर्ड राखेका खगेन्द्र थापामगर को निधन


काठमाडौ  । स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएकाे थियाे ।
बाग्लुङ धुल्लुवासकोट-६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।
यसअघि २०७४ कार्तिक ३० गते खगेन्द्र थापामगरकै अनुहार र कदकाठी भएका हास्य कलाकार दिपेन शाहकाे १९ वर्षकाे उमेरमा निधन भएकाे थियाे भने विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड्समा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको २०७२ साल भदाैमा अमेरिका भ्रमणका क्रममा अमेरिकामै निधन भएको थियाे ।

No comments:

Post a Comment