गुल्मीको मदाने गाउँपालिकामा लेखा परिक्षण नगर्ने विद्यालयको खाता रोक्का - OpticalKhabar

Breaking

Thursday, January 23, 2020

गुल्मीको मदाने गाउँपालिकामा लेखा परिक्षण नगर्ने विद्यालयको खाता रोक्का


गुल्मी । मदाने गाउँपालिकाले दुई विद्यालयको खाता रोक्का गरेको छ । लामो समय विद्यालयको लेखा परिक्षण नगरेका मदाने गाउँपालिका ३ सिर्सेनीको सिद्धार्थ प्रावि र वडा नं ५ मलागिरीको बाल कल्याण प्राविको खाता रोकिएको हो । उनीहरुले बिद्यालयको हिसाव किताव सार्वजनिक नगरेसम्म खाता संचालन नगर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
विद्यालयले पाउने सवै निकासा खातामा पठाए पनि लेखा परिक्षण प्रतिवेदन गाउँपालिकामा नआएसम्म खाता संचालन नहुने भण्डारीले बताए । उनले विद्यालयका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिसंग पटक–पटक संवाद गर्दा समेत लेखा परिक्षण नभएकाले बाध्य भएर कार्यपालिकाकै निर्णय अनुसार खाता रोक्का गरिएको जानकारी गराए । ‘यो निर्णयले केहि शिक्षक र विद्यार्थी प्रभावित भएको बुझेका छौ, त्यो बिषयमा गाउँपालिका भन्दा प्रअ र समिति गम्भिर बन्नुपर्‍यो,’उनले भने,‘चार/चार वर्षको लेखा परिक्षण नगर्नु लज्जाको विषय हो ।’ 
चार वर्षदेखि लेखा परिक्षण छैन
मदाने गाउँपालिका ३ को सिद्धार्थ प्राविको चार वर्षदेखि लेखा परिक्षण भएको छैन् । विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापकबीचको विवादले लेखा परिक्षण नभएको हो । जसका कारण विद्यालयका शिक्षकहरुको तलब, विद्यार्थीको छात्रवृति र अन्य क्रियाकलाप प्रभावित भएको प्रध्यानाध्यापक धन बहादुर सेनले बताए । दशै खर्चसहित पहिलो चौमासिकदेखिको पैसा नपाउँदा अत्यन्तै समस्या भएको सेनले गुनासो गरे । ‘दोस्रो चौमासिकको तलव बुझने बेलासम्म पहिलोको बुझेका छैनौ,’सेनले भने,‘अघिल्लो प्रअ र समितिको लडाईंमा अरु परिरहेका छौ ।’ विद्यालयमा तीन जना दरबन्दी, दुई निजि स्रोत, एक बालशिक्षा, एक पिएन कार्यरत छन् । विद्यालयमा ५१ जना विद्यार्थी अध्ययनरत छन् ।
विवादले प्रधानाध्यापकद्धारा राजिनामा
सिद्धार्थ प्राविका प्रधानाध्यापक धिरेन्द्र भट्राईले लेखा परिक्षण विवादकै कारण ०७६ बैशाख २६ गते राजिनामा दिए । विद्यालय व्यवस्थापन समितिले शान्ति मन्त्रालयबाट भवन निर्माणमा आएको आठ लाखसहित विद्यालयको हिसाब किताव प्रधानाध्यापकले सार्वजनिक नगरेको आरोप लगाउँदै आएको छ । तर, तत्कालीन प्रधानाध्यापक भट्टराई  आफु सवै हिसाब दिने पक्षमा रहेपनि समिति बुझ्न तयार नभएको बताउँछन् । उनले आफुलाई विद्यालय व्यवस्थापन समितिले अप्ठयारोमा पार्न खोजेको गुनासो गरे । समितिका अध्यक्ष सुर्य बहादुर केसीले प्रधानाध्यापक भट्टराईले एक लाख ५६ हजार अनावश्यक खर्च देखाएकाले आफुले स्विकार नगरेको बताए । भट्राईले आफुलाई अयोग्य भनेर राजिनामा दिन बाध्य पारिएको दावी गरे । तर, समितिले भने गल्ती स्वीकार्र्न नसकेर आफै राजिनामा दिएको बताउँछन् ।
विद्यालयको बचत झिकेर व्याजमा लगानी
बाल कल्याण प्राविमा पनि प्रधानाध्यापक र समितिबीच विबाद चुलिएको छ । जसका कारण लेखा परिक्षण नहुँदा बिद्यालयको खाता गाउँपालिकाले रोकेको हो । ०७० सालमा विद्यालयको खातामा भएको करिव दुई लाख रकम झिकेर गाउँमा व्याजमा लगानी गरियो । पछित्यसको एथेष्ट आम्दानी खर्चको विवरण विद्यालयमा आएन । जसले प्रध्यानाध्यापक र समितिबीच बिवाद सृजना गर्‍यो । अहिले प्रध्यानाध्यापकले दिएको हिसाव विद्यालय व्यवस्थापन समितिले मान्दैन । समितिका अध्यक्ष खुमानसिंह खड्काले प्रध्यानाध्यापकले लगानी र खर्च मात्रै देखाएर आम्दानी स्पष्ट नपारेका कारण विवाद भएको बताए । समितिले आम्दानीलाई मात्रै प्राथमिकता दिने तर खर्चमा असन्तुष्टि देखाउने गरेको प्रधानाध्यापक थापाले बताए । विवादकै कारण  ०७४/०७५ को लेखा परिक्षण भएको छैन् ।  
श्रोत:- nayapatrikadaily
Reporter:- टोपलाल अर्याल

No comments:

Post a Comment