आगो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु - OpticalKhabar

Breaking

Thursday, January 23, 2020

आगो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु


अष्ट्रेलियामा डढेलो नियन्त्रणका लागि गएको फायरफाइटिङ विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ठूलो हवाइ ट्यांकर न्यु साउथ वेल्सको दक्षिणी भेगमा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेट जाँदा हराएको थियो । 
लामो समयको खोजीपछि आपतकालीन टिमले विमानका टुक्राहरु भेटाएको थियो । एनएसडब्ल्युका प्रमुख ग्लेडस बेरेजिक्यिनले विमान राजधानी क्यानबेराबाट दुई घण्टा टाढा हिमाली पर्वतमा भएको बताएकी छन् । विमानको दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । 

No comments:

Post a Comment