चन्द र थापालाई द रनवए सिजन २ काे उपाधि - OpticalKhabar

Breaking

Wednesday, February 5, 2020

चन्द र थापालाई द रनवए सिजन २ काे उपाधि

बुटवल । माघ २२,  आर एन स्टाईलको आयोजनामा सौन्दर्य प्रतियोगिता शो, द रन–वए सिजन २ को ग्राण्ड फिनाले माघ १३ गते सोमबार होटल पौवामा सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लाका प्रतिस्प्रर्धी  मध्य १८ जनालाई पछि पार्दै धनगढीका सन्दिप चन्द ठकुरी र रुपन्देही मणिग्रामकी मान्सि थापाले उपाधी हात पारेका छन् । भने सन्दिप चन्द ठकुरी र मान्सि थापा भ्यूअर च्वाईस, धिरज राना मगर र सन्ध्या भण्डारी फस्ट रनर अप र राएमोन्ड सेन्चुरी र एलिना बलामि सकेण्ड रनरअप, दिपक गुरुङ र सगुन बोहोरा क्षेत्री थर्ड रनर अप तथा रागिनी श्रेष्ठ बेष्ट मोडल को उपाधि जितेका छन् ।  अहिलेका पुस्ताहरुलाई लक्षित गरि उनिहरु भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको थियो । 
उक्त कार्यक्रमको कोरियोग्राफर भने यसै कार्यक्रमका आयोजक सुजित बस्याले गर्नुभएको थियो । कार्यक्रममा स्वस्तिका खड्का क्षेत्री, गोविन्द वि.क., रोनिस राज गौतम, अमित बराले प्रमुख निणर्यकको भुमिका निवार्ह गर्नु भएको थियो । उक्त प्रतियोगितमा उपाधिलाई रु. २० हजार नगद र थुप्रै उपहारहरु प्रदान गरिएको थयो । विजेताहरु तथा टाईटल विजेताहरुलाई सौन्दर्य क्षेत्रको लागि राम्रो अवसरहरु प्रदान गरिएको छ ।
आर एन स्टाईलले नेपालका विभिन्न क्षेत्रका थुप्रै सौन्दर्य प्रतियोगिताहरु सफल रुपमा सम्पन्न गरि सकेको छ ।  भने  झण्डै एक महिना अगाडि देखी सञ्चालनमा आएको याे प्रितयाेगिता पनी सौहार्दपुर्णरुपमा सम्पन्न भएको यस कार्यक्रमका अध्यक्ष सुजित बस्यालले बताउनु भयो । 
सव–टाईटनहरुः
बेष्ट फिजिक– प्रमोद सिमाली
मोष्ट प्रन्ड्ली– शिव के.शी
मिस प्रेन्डसिप– सोनु क्षेत्री
बेष्ट स्कीन– अमित कुमार कमत
बेष्ट स्टेज प्रफमर– जोन भट्टचन
मोष्ट डिसिपिलिन– निकी राना, सौरभ थापा
पोजेटिभ एट्टिटीउड– सिमरन श्रेष्ठ
मोष्ट चाम – अनु सारु


No comments:

Post a Comment