आइसीसी विश्वकप लिग-२ आजबाट, पहिलाे खेलमा नेपाल र ओमान भिड्दै - OpticalKhabar

Breaking

Wednesday, February 5, 2020

आइसीसी विश्वकप लिग-२ आजबाट, पहिलाे खेलमा नेपाल र ओमान भिड्दै

काठमाडाैं, २२ माघ । आइसीसी विश्वकप क्रिकेट लिग- २ त्रिकोणात्मक सिरिज आजदेखि शुरू हुँदै छ ।
सिरिजकाे पहिलाे खेलमा घरेलु टोली नेपाल र ओमान खेल्दैछ । खेल बुधबार बिहान ९:३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) मंगलबार साँझ पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाइसकेकाे छ ।
नेपालको विश्वकप लिग-२ मा यो पहिलो खेल हो । उक्त प्रतियाेगितामा राष्ट्र सहभागी छन् । शीर्ष तीन टोलीले सन् २०२२ मा हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउने छन् भने पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
सबै टोलीले होम, अवे र न्यूटल भेन्यू गरि एक टोलीले तीन वर्षको अवधीमा कुल ३६ ओडीआई खेल खेल्नेछन् । एक दिवशीय मान्यता पाएको दुई बर्षपछि नेपालले घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्न लागेकाे हाे ।
नेपालको ओपनिङ पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्ने छन् । त्यस्तै शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, रोहित कुमार पौडेल र कुशल मल्ल नेपालका प्रमुख ब्याट्सम्यान हुन् । ।
सिरिज जित्ने तीनै कप्तानको लक्ष्य
पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको कप्तान ज्ञानेन्द्र मल्ल बताउनुभयाे । उहाँहरुले आफ्नो टोली बलियो रहेको दाबी गर्नुभयो । घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उहाँको भनाइ थियो ।
कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताउनुभयो । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गर्नुभयो ।

No comments:

Post a Comment