पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको बढ्यो - OpticalKhabar

Breaking

Monday, February 3, 2020

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको बढ्यो  
काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।
अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्‍याएको  निगमले जनाएको छ ।
हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।

No comments:

Post a Comment