बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत तिलोत्तमाका एक पुरुषको मृत्यु - OpticalKhabar

Breaking

Saturday, October 24, 2020

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत तिलोत्तमाका एक पुरुषको मृत्यु

बुटवल । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत तिलोत्तमामा एक जना पुरुषको मृत्यु भएको छ । कार्तिक ५ गते कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका ७५ वर्षिय पुरुषको आज बिहान ७ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका तिलोत्तमा ७ का उनलाई ५ गते नै कोरोना पुष्टि भएपछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो । एक भन्दा बढी रोगबाट संक्रमित उनको उपचारकै क्रममा बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

No comments:

Post a Comment