अल्टिटुड वोल्ड सुपर मोडल नेपाल २०२० काे प्रथम अडिसन सम्पन्न - OpticalKhabar

Breaking

Sunday, December 6, 2020

अल्टिटुड वोल्ड सुपर मोडल नेपाल २०२० काे प्रथम अडिसन सम्पन्न

बुटवल । मेजेष्टीक ग्रुपको आयोजनामा अल्टिटुड वोल्ड सुपरमोडल नेपाल २०२० कार्यक्रम सञ्चालन भईरहेको छ । यसै बिच १९ गते प्रथम अडिसन महेन्द्रनगरमा सम्पन्न भएको छ । अडिसनबाट अशोक नाथ, जानकी बोहोरा, अनिल सिंह धामी, सगुन जोशी, सिमोन जोशी, शिवानी पन्त, ईश्वरी बोहोरा, सरु रानी रोकाय, नित्य अएर, सिद्धान्त खरेल, सलिन जंग धामुक, पार्वती खड्का, गणेश जोशी, रुपक सिंह धामी दोस्रो राउण्डका लागि छनौट भएका छन् । अरिब २० जना प्रतिस्प्रधीहरुबाट १४ जनाले दोस्रो राउण्डमा प्रवेश गरेका हुन् । अडिसमा महिमा क्षेत्री, मन्जेस गिरी, समिर न्यौपाने निणर्यकको भुमिका निवार्ह गर्नु भएको थियो ।

युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई लक्षित गरि उनि भित्र रहेको प्रतिभालाई उजागर गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजक टिम विभिन्न स्थान हरुमा अडिसनको तयारी गरि रहेको यस ग्रुपमा अध्यक्ष मन्जेस गिरी बताउनु भयो ।

No comments:

Post a Comment