ग्लोवल नेपाल सिजन २ गर्दै मनिष पाण्डे - OpticalKhabar

Breaking

Friday, January 8, 2021

ग्लोवल नेपाल सिजन २ गर्दै मनिष पाण्डे


बुटवल-विगत केही वर्षदेखीको आँकडा हेर्ने हो भने प्रत्यक शहरमा विभिन्न ब्यूटिपेजेन्ट कार्यक्रम आयोजना भइरहेका छन् । कतिपय त थाहा समेत हुँदैन, आयोजकमा भर पर्ने कुरा हो कस्ले कस्तो कार्यक्रम गर्दै छ भनेर यस्तै बुटवलमा जन्मिएका एक मेहनेती र लगनशिल व्यक्तिको कुरा गर्दै छौँ ।

मनिषले एक वर्ष अघि मात्र बुटवलमा आयोजना भएको मिस्टर एण्ड मिस ग्लोवल नेपाल भव्य र सभ्य रुपमा सफता पूर्वक सम्पन्न गरेका थिए । पछिल्लो समय द इभेन्टर प्रा.लि. ले गर्न लागेको मिस्टर एण्ड मिस ग्लोवल नेपाल सिजन २ को आयोजनामा ब्यस्त छन् । साथै विभिन्न संघ संस्थामा अवद्ध रही सामाजिक कार्यमा समेत अग्रसर रहेका छन् । युवा समाज सेवी तथा बुद्ध गाईजका अध्यक्ष समेत रहेका उनी आफैमा मेडिकल विज्ञानका विद्यार्थी भएकाले उनले यस कार्यक्रम गर्नुको मुख्य कारण गरिब तथा दुखी परिवरको फ्री मेडिकल चेकअप सिविर राख्ने समेत घोषणा गरेका छन् । 

पाण्डे पहिले देखी नै सामाजिक कार्यमा अग्रसर रहेको तर मिडिया र प्रचार बाट टाढा भाग्ने बानीले मिडिया कभरेजमा भने खासै सकृय रहेका छैनन् । बुटवलमा धेरै भन्दा धेरै कार्यक्रम हुने गर्छन, अन्यको भन्दा फरक कार्यक्रम कसरी गर्न सकिन्छ भनेर नयाँ योजना बनाउन लागि परेका छन् । 


No comments:

Post a Comment