मोडल अफ फारवएस्ट नेपाल २०२१ काे उपाधी दिपक र करुणालाई - OpticalKhabar

Breaking

Sunday, February 7, 2021

मोडल अफ फारवएस्ट नेपाल २०२१ काे उपाधी दिपक र करुणालाई


महेन्द्रनगर–मेजेष्टिक ग्रुपको आयोजनामा महेन्द्रनगरमा सम्पन्न भएको मोडल अफ फारवएस्ट नेपाल २०२१’ को उपाधि दिपक रावल र करुणा अवस्थी ले जित्न सफल भएका छन् । 

पुष्पा धामीले मोडल अफ फारवएस्ट इन्टरनेश्नल नेपाल, प्रतिक्षा मल्लले मोडल अफ फारवएस्ट एशिया इन्टरनेश्नल नेपाल, एलिना हमालले मोडल अफ फारवएस्ट तिन नेपाल, मुकेश जोशीले मोडल अफ फारवएस्ट एम्बेस्सडर नेपाल, अञ्जली कोलीले मोडल अफ फारवएस्ट टुरिजम इन्टरनेश्नल नेपाल हात पार्न सफल भए । 

प्रतियोगिताका बिजेताहरुले उपाधीको साथमा बिभिन्न गिफ्ट ह्याम्परसंगै एक वर्षका लागि मोडलिङ गर्न पाउने कुरा कार्यक्रमका आयोजक मन्जेश गिरीले जानकारी गराएका छन् । कार्यक्रम शैलेशिखर नगरपालिकाका मेयर श्री अमर सिंह धामीको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।

मन्जेश गिरीको कोरियोग्राफी रहेको ‘मोडल अफ फारवएस्ट नेपाल २०२१’ को निर्णायकमण्डलमा दुर्गा थापा, आकृति जोशी, समिर न्यौपाने रहेका थिए । 

कला संस्कृ्तिको सम्वद्धन तथा प्रवद्धन गर्ने हेतुले संचालित यस्ता कार्यक्रमले युवाहरुमा सकारात्मक प्रभाव पार्दै नयाँ प्रतिभाहरु उजागर गर्न आगामी दिनमा समेत यस्ता अन्य प्रतियोगिताहरु संचालन गर्दै जाने आयोजले बताएको छ ।

सबटाईटल बिजेताहरुः

मोष्ट कन्फीडेन्ट– करुणा अवस्थी

बेष्ट वाल्क– प्रतिक्षा मल्ल

मोष्ट मल्टीमिडिया– करुणा अवस्थी

बेष्ट फोटोजेनिक– पुष्पा धामी

मोष्ट ट्यालेन्ट– दिपक रावल

बेष्ट प्रसोनालिटी–एलिना हमाल


No comments:

Post a Comment